
१४ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी नवौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तेश्रो स्थानका लागि आज भएको खेलमा साउथजोन मावि विजयी भएको छ । नारायणी रंगशाला स्थित टीबी साह क्रिकेट मैदानमा आज बिहान भएको खेलमा ज्ञानदा एकेडेमीलाई २२ रनले पराजित गर्दै साउथजोन मावि विजयी भएको हो ।
११४ रनको लक्ष्य पछ्याएको ज्ञानदा एकेडेमीले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको साउथजोन माविले १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।
आजको पहिलो खेलको म्यान अफ द म्याच साउथजोन माविका बिक्की यादव घोषित भएका छन् । आजै फाईनल खेल पनि हुदैछ । फाईनलका लागि आज मुनलाईट र विद्यासागर मावि खेलीरहेको छ । फाईनल खेलमा मुनलाईट माविले टस जितेर अहिले व्याटिङ गरिरहेको छ । प्रतियोगिताको समापन समारोह पनि आजै हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।