Logo

१४ फागुन,वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ। राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपालले १६ र १७ गते वीरगञ्जको नगरसभा घृहमा हुने महाधिवेशन बारे बुधवार पत्रकार सम्मेलनमार्फत तयारी पुरा भएको जानकारी दिएको छ ।

नेसनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशन २०७८ सालमा लुम्बिनी प्रदेशको बाँके जिल्ला, नेपालगञ्जमा सम्पन्न भए पश्चात यातायातको सुविधा, आर्थिक केन्द्रको रूपमा विकसित ऐतिहासिक महानगर वीरगञ्जमा मुलुक भरका निजी लगानी तथा व्यवस्थापनमा संचालनमा रहेका दुई हजार भन्दा बढि सदस्य रहेको यस एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने अपेक्ष गरएिको छ ।

महाधिवेशनमा देशभरका १५ सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने आठौँ राष्ट्रिय म.आ.तयारी समितिको संयोजक गीता क्षेत्री राणाले बताईन् । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताईन् । राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुने संयोजक राणाले बताईन् ।

 


सम्बन्धित समाचार