Logo

१५ फागुन, बारा । बाराको जीतपुरमा अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा बिहिबार आजदेखि ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको शुभारम्भ हुँदैछ । माहायज्ञको पहिलो दिन आज एक हजार भन्दा बढि सङ्ख्यामा कलश यात्रा निकाल्न लागिएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा बिस्तृत रुपमा जानकारी दिएको हो । १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने आयोजक जीतपुरसिमरा हिन्दू समाज तथा महायज्ञ प्रचार प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाले जानकारी दिए । उनले धार्मिक अनुष्ठानको उद्देश्य समाजमा आध्यात्मिक जागरण ल्याउनु, शान्ति स्थापनाको मार्ग देखाउनु तथा पुण्य लाभ प्राप्त गर्नु रहेको बताए ।

यज्ञ हवन भने फाल्गुन १६ गते देखि १८ गते सम्म हुनेछ । हरेक दिन बेलुकी ८ बजेदेखि विशेष धार्मिक प्रवचन हुने बताइएको छ ।

सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई महायज्ञलाई सफल बनाउन आयोजक समितीका सचिव अमर यादबले पत्रकार सम्मेलनमा अनुरोध गरे । माहायज्ञमा अवधि भरि कुल १२ लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष सन्तोष कुशवाहा , उपाध्यक्ष श्रीराम साह कानु सचिव अमर प्रसाद यादव कोषाध्यक्ष राकेश गुप्ता ,नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी, माहायज्ञ समितीका पुर्व अध्यक्ष शिवजी प्रसाद साह सोनार , समाजसेवि राजु राज गिरी , शेखर भन्डारी सहित अन्य पदाधिकारीहरू को उपस्थिति थियो । माहायज्ञ अवधिभरी निशुल्क भोजनालय(भण्डारा)को आयोजना गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार