Logo

१५ फागुन,वीरगञ्ज । आफ्नै साथीको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ बर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् ।

उनीहरु तीनजनाले आफ्नै साथी इशाल प्रसाद कुर्मीलाई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । इशाल प्रसाद कुर्मी लगायत छिमेकी साथीहरु मिलेर तास खेल्न गएकोमा पैसाको विषयमा वादविवाद हुँदा इशाल प्रसाद कुर्मीलाई मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा हत्या गरे भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

फागनु ७ गते वीरगञ्ज माहानगरपालिका वडा नं.२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा वर्ष १९ का इशाल प्रसाद कुर्मी वीरगञ्ज काम गर्न जान्छु भनि घरबाट निस्किएको र अबेर राती सम्म पनि घर नफर्किएपछि छोराको खोजतलास गरिदिन जोगिन्द्र प्रसाद कुर्मीले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्ने क्रमा फागुन ।११ गते इशाल प्रसाद कुर्मीको शव भेडाहा खोलामा तैरीरहेको शव फेला परेको प्रहरी उपरीक्षक मिश्रले बताए । मिश्राका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशाल प्रसाद कुर्मी लगायत छिमेकी साथीहरुसँग तास खेल्न गएकोमा ३५ सय रुपैयाको विषयलाई लिएर विवाद हुँदा इशालको हत्या गरेको थियो ।

पक्राउ पर्नेहरुलाई ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार