Logo

१५ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले ७६ केजी गाँजा सहित दुईजना पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भथौडाका १९ बर्षीय अर्जुन महतो रहेका छन् । उनलाई ४६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नं.१ गदियानीका ३० बर्षीय असलम अन्सारीलाई पनि ३० किलो प्रतिबन्धित गाँजा सहित पक्राउ गरेको छ । अर्जुनलाई पर्सा जिराभवानी गाउँपालिका वडा नं.३ जितपुर स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।

महतोलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको दुबै हाँतमा कालो प्लाष्टिक भित्र राखिएको २३/२३ के.जी.का दुई वटा पोकामा रहेको ४६ के.जी. लागु औषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । त्यस्तै असलम अन्सारीलाई पटेर्वासुगौली गाउँपालिका वडा नं.१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पुरानो भाठा स्थित सडकखण्डमा भाठा मन्दिरबाट शिकारी बाँस तर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार