Logo

१५ फागुन,वीरगञ्ज । बारा प्रहरीले भन्सार नतिरेका भारतीय नम्बर प्लेटका मोटरसाईकलहरु नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीहरूले गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून बिपरीत रहेका बिभिन्न ठाँउहरूबाट भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएको मोटरसाईकलको अन्दाजी २५ लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार थापाले जानकारी दिए ।


सम्बन्धित समाचार