Logo

१६ फागुन, काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । शेर्पा समुदायले शुक्रबार नयाँ वर्षका रूपमा २१ सय ५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार पर्व हाल २२ वटा जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्लाको संख्या बढेको हो ।


सम्बन्धित समाचार
भर्खरै