
१६ फागुन, वीरगञ्ज । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एकजना कैदी घाईते र प्रहरी चौकीमा समान्य क्षति नपु¥याएको सरकारी अधिकारीहरुले बताएका छन् ।
शुक्रबार बिहान भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी बागमती प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।
उनका अनुसार बोर्डर आउट पोष्ट तातोपानीबाट सशस्त्र प्रहरी निरीक्षक भिष्म सापकोटाको नेतृत्वमा ३ जना र नेपाली सेनाको सुरक्षा गुल्म खेत डाडाबाट मेजर दिपेन्द्र बस्नेतको कमाण्डमा १५ जना सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ लिस्टी स्थित भुकम्प केन्द्रबिन्दु नजिकको ईलाका अनुगमन खटिएको र कुनै क्षति नभएको पाईएको हो ।
बिहान ९ः४० मा भुकम्पको केन्द्र विन्दु लिस्टी ईलाका पुगेर अनुगमन गर्दा कुनै घटना नभएको र थगान र बगान भन्ने गाउँमा समेत समन्वय गर्दा कुनै घटना नरहेकोले १० बजे फिर्ता भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताए ।