
१६ फागुन,वीरगञ्ज । दक्षिण कोरियामा काम गरिरहेका एक नेपाली कामदारको मृत्यु भएको छ ।
म्याग्दी मालिका गाउँपालिका–१ का २८ वर्षीय तुलसी पुनमगर गत शनिबार काम गरिरहेकै स्थानमा मृत भेटिएका थिए । सिउलस्थित नेपाली दूतावासका अनुसार कोरियाको छल्लानाम्दो मोक्पोस्थित वुसङ्ग सुँगुर फार्ममा कार्यरत मगरले आत्महत्या गरेको त्यहाँस्थित प्रहरीले अनुसन्धानका क्रममा जनाएको छ ।
उनको शव व्यवस्थापन, निजले काम गर्दा प्राप्त गर्ने क्षतिपूर्तिका विषयमा दूतावासबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनको शव शुक्रबार नेपाल पठाउने गरी तयारी भइरहेको दूतावासले जनाएको छ ।