Logo

१७ फागुन, काठमाडौँ । मार्च १ अर्थात् शून्य भेदभाव दिवस। विश्वबाट सबै प्रकारका विभेद अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसंघको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।

यो दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआईभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ। सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता र सन् २०३० सम्ममा एचआईभी नियन्त्रणका लक्ष्य हासिल गर्न अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो।


सम्बन्धित समाचार