
१७ फागुन,वीरगञ्ज । वीरगञ्जस्थित घडिअर्वा पोखरीमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्ज र चन्दा क्लिनिक को सहकार्यमा आयोजित यस शिविरमा १०० जना स्वास्थ्य परीक्षण गरिएको थियो।
रोटरेक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष सौरभ बर्णवालको अध्यक्षतामा सम्पन्न शिविरमा नेशनल मेडिकल कलेज तथा टिचिङ्ग अस्पताल, वीरगञ्जका वरिष्ठ फिजिसियन डा. अनिल कुमार शाह ले मधुमेह र रक्तचाप सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । साथै, नेपाल फर्माले बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेको थियो।
स्वास्थ्य शिविरमा रोटरेक्ट क्लबका सदस्यहरू सुजल ठाकुर, ईशा अग्रवाल सौरभ पोख्रेल, डिकेश यादव लगायतको उपस्थिति रहेको थियो।