
१७ फागुन,वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशद्वारा चारजना पत्रकार सम्ममानित भएका छन् ।
फोनिज मधेस प्रदेशले स्थापना गरेको पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
भने अर्को क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गरिएको छ । चारैजनालाई फोनिजको मधेस प्रदेशको पाचौं साधारणसभामा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डलले पुरस्कार प्रदान गरेका थिए ।
जनही १०–१० हजार नगद, दोसल्ला र अविर माला सहित सम्मान गरिएको थियो । फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा बाराको कोल्हवी नगरपालिकामा भएको साधारणसभा बन्दसत्रबाट सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित महात्वपूर्ण निर्णय गरेर समापन हुने फोनिज प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरले बताए ।
यसैबीच सम्मानित बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठले आफूले पाएको नगद पुरस्कार फोनिज बारालाई हस्तान्तरण गरेका छन् । संगठनले प्रदान गर्ने पुरस्कार कसैको सहयोगबाट नै गर्नुपर्ने भएकोले फोनिज बारालाई पनि संगठन मजबुद र बलियो बनाउन सहयोग पुगोस भन्ने मनसायले बारा शाखा अध्यक्ष धिरेन्द्र पनुहरलाई पुरस्कार बापतको रकम हस्तान्तरण गरे थिए ।