Logo

१७ फागुन,वीरगञ्ज । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत पर्सामा तयारी तीब्र पारिएको छ । यसअघि फागुन २४ गतेको लागि तय भएको कार्यक्रम तालिका एकपछिको लागि सारिएको छ । पर्सा जिल्लाको मुख्य कार्यक्रम फागुन २५ गते बिन्दबासिनी गाउँपालिकाको बहुआर्वाभाठ्ठामा हुने भएको छ ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियान विभिन्न जवस मोर्चा तथा पालिका पदाधिकारीहरूको बैठकले बहुआर्वाभाठ्ठा गर्ने गरी ठाउँ तय गरेको हो ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षतामा बसेको बैठकले फागुन २५ गते विशाल जनसाभाको आयोजना गरे निर्णय गरेको पार्टीका जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिए। यतिखेर सिरहामा अभियान जारी रहेको छ ।


सम्बन्धित समाचार