
१७ फागुन,पर्सागढि । पर्सागढि युवा स्पोट्र्स क्लब बडनिहारको सातौं बार्शिक जन्मोत्सवको अवसरमा आज बाट चौथो फुटबल नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
पर्सागढि युवा स्पोट्र्स क्लबको आयोजना र पर्सागढि नगरपालिकाको सहयोगमा पर्सागढि नगरपालिका वडा न ३ स्थित खेलमैदानमा खेल सुरु भएको हो ।
पर्सागढि युवा स्पोट्र्स क्लबका अध्यक्ष रामथापाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन खेलको प्रमुख अतिथी पर्सागढिका नगर प्रमुख गोकर्ण पाठकले खेलको उदघाटन गरेका थिए । आजको उदघाटन खेल पर्सागढि युवा स्पोट्र्स क्लब बडनिहार र औराहा एफ सि बारा बीच भएको खेलमा पर्सागढि युवा स्पोट्र्स क्ल्ब बडनिहार २ –० गोल अन्तरले बिजय भएको छ ।
पर्सागढि युवा स्पोट्र्स क्लबको तर्फ बाट जर्सी न १० का सुसान्त बिक र जर्सी न ८ का राजन पहरीले १–१ गोल गरेका थिए ।
खेलमा बारा र पर्सा गरि आठ वटा टिम सहभागी भएको र प्रथम हुने टिम लाई नगद ३० हजार र दोश्रो हुने लाई २० हजार सहित सिल्ड मेडलले सम्मानित गरिने पर्सागढि युवा स्पोट्र्स क्लबका सचिब हरि थापाले जानकारी दियका छन ।
कार्यक्रमको स्वागत मन्तव्य समाजसेबि बिक्रम कार्कीले गर्नुभएको थियो भने सहजीकरण बलिराम शुक्लाले गरेका थिय ।