
१८ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो समय छिमेकी मुलुकमा फैलिरहेको वर्डफ्लूको प्रकोप नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । बल्र्ड फ्लुको नियन्ण्णका लागि भारतबाट सेतो अण्डा, कुखुरा लगायतका पदार्थहरुको अवैध आयातलाई तत्काल नियन्त्रण गर्नका लागि तीन बुँदे निर्णय गरेको छ ।
नेपालमा पैठारीका लागि प्रतिवन्धित कुखुरा, चल्ला र सेतो अण्डा भारतीय भूमिबाट ल्याउन पूर्ण रुपमा रोक लगाउने र यसको लागि सीमा क्षेत्रमा थप निगरानी बढाउने, बल्डफ्लुसँग सम्बन्धित प्राप्त सूचना तथा जानकारी सरोकारवाला सबै निकायले एक आपसमा आदानप्रदान गर्ने र आन्तरिक बजारमा यस्ता पदार्थको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने निर्णय गरेको छ ।
अनुगमनका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पर्साका प्रमुख डा. राज कुमार शाहको संयोजकत्वमा ६ सदस्यीय द्रूत कार्य समूह (¥पापिड एक्सन टिम) गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु गने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
अनुगमन टोलीले प्रत्येक दिनको अनुगमन प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने छ । अनुगमनमा रहेका ¥यापिठड एक्सन टिममा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र पर्साका प्रमुख सहित जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार कृष्णा कुमार कुशवाहा, नेपाल प्रहरीका जुनियर अधिकृत, सशस्त्र प्रहरी बल नेपालका जुनियर अधिकृत, वीरगंज उद्योग वाणिज्य संघका सिवानी कलवार, नेपाल लेयर्स कुखुरा पालक संघ पर्साका विनोद पोखरेल सदस्य रहेका छन् ।
अनुगमनको क्रममा प्राप्त वस्तुस्थितिको आधारमा सम्बन्धित पक्षलाई कारवाही गर्ने पनि निर्णय गरेको जनाएको छ ।