Logo

१८ फागुन,काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले आइतबार सिलवाललाई सफाइ दिएको हो ।
विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई आइतबार सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको भन्दै गत मंसिर २४ गते मुद्दा दायर गरेको थियो ।
नागरिकतामा भएको जन्म मितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएको आरोप उनीमाथि थियो ।

सिलवालको कार्यकाल गत माघ ९ गते नै सकिएको थियो ।


सम्बन्धित समाचार