Logo

१८ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीतामा सलेहस फूटबल क्लब विजयी भएको छ ।

आदर्शननगर रंगशालामा आज भएको संकटा क्लब काठमाडौसँगको खेलमा निर्धारित ९० मिनेटमा दुवैटिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलएको थियो । टाईब्रेकरमा सलेहस फुटबल क्लब सिरहाले संकटा क्लब काठमाडौंलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै सलेहस फुटबल क्लब सेमीफाईनलमा प्रवेश गरेको छ । भोलीको खेल विभागीय टोली नेपाल पुलिस क्लब र बागमती क्बलबीच दिउँसो साढे दुईबजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाएका छन् ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

यो पनि पढ्नुहोस् :-

वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार