
२१ फागुन,सिरहा । सिरहाकी रिंकु सदाको घटनाको मुख्य आरोपी पक्राउ परेका छन् ।
नवराजपुर गाउँपालिका भगवानपुरकी सदाको बलात्कार र ज्यान गएको घटनाका मुख्य आरोपी पक्राउ परेका हुन ।घटनाको २१ दिन पछाडि मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरीले पुष्टि गरेको छ ।
बुधबार सिरहा नगरपालिका वडा नम्बर–१७ बाट मुख्य आरोपी मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्रकुमार पासवानले बताए ।उनका अनुसार रिंकु मृत भेटिएपछि मण्डल फरार भएका थिए । गएको ३० माघमा रिंकु मृत भेटिएकी थिइन् ।
त्यसको चार अगाडि उनी शौच गर्न जाँदा चारजना युवकले सामुहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो ।
रिंकु मृत भेटिएपछि उनको परिवारले मण्डलसहितका विरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।सप्तरी प्रहरीका अनुसार लुकिछिपी बस्दै आएको प्रहरीलाई सूचना थियो, सोही सूचना बमोजिम पक्राउ गरिएको हो ।
यसअघि भने यो घटनामा पञ्चायतीमा सहभागी भएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।