
२२ फागुन,काठमाडौं । गृह मन्त्रालयले आज मधेसका एक जिल्लासहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।
गृह मन्त्रालयको निर्णय अनुसार ६ प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
गृहमन्त्री रमेश लेखकको निर्णयबाट मधेसका रौतहटसहित बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।
गृह मन्त्रालयको निर्णय बमोजिम बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएका सरुवा सूचीमा उल्लेख छ ।
खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।