Logo

२२ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व नगरप्रमुख विजय कुमार सरावगीको नशाको शल्यक्रिया गरिएको छ ।

उनको काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । सरावगीको मस्तिष्कको नसामा समस्या (नशा खुम्चिने) देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार भइरहेको छ । सरावगी अस्पतालमै उपचार गराईरहेका छन् ।


सम्बन्धित समाचार