Logo

२५ फागुन,काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ ।

आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ । महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् । बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।

 


सम्बन्धित समाचार