Logo

२५ फागुन,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ ।

विमानस्थलमा हुने भिड नियन्त्रण र आवातजावतमा कडाइ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले बताए ।

उनका अनुसार, विमानस्थलभित्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कडाइ गरिएको बताए । “पूर्वराजाको सवारी हुने भएकाले विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरेका छौँ । उहाँको स्वागतमा जाने भिडले विमानस्थलमा खतरा नहोस् भनेर आवतजावत गर्ने नागरिकको पहिचान गर्दै प्रवेश दिइरहेका छौँ,” उनले भने ।

नियमित ड्युटीभन्दा एक हजार बढी प्रहरी परिचालन गरिएको पनि एसएसपी खनालले बताए । पूर्वराजा शाह आइतबार (आज) दिउँसो ३ बजे हवाईमार्ग हुँदै काठमाडौं आउँदै छन् ।

पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

 


सम्बन्धित समाचार