
२५ फागुन,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
पोखरा लगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा शाह आइतबार अपरान्ह काठमाडौं फर्किँदैछन् । पूर्वराजा शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं लगायतका समूह विमानस्थलबाहिर पुग्दैछन् ।
राजावादीको कार्यक्रमलाई लक्षित गरेर सरकारले विमानस्थलबाहिर सुरक्षा व्यबस्था कडा बनाएको छ । विमानस्थलभित्र प्रवेश गर्नेको टिकट र कार्ड चेक गरेर मात्र जान दिइएको छ।