Logo

२५ फागुन,काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको छ ।

वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए ।

उनका अनुसार वाईसीएलले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यका क्याम्पसहरूमा केन्द्रीय पदाधिकारीहरूले संयोजन गर्ने, सम्बन्धित प्रदेश र जिल्लाहरूले अनेरास्ववियु (क्रान्तिकारी) सँग सहकार्य गरी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारलाई विजयी गराउन सम्बन्धित क्याम्पसहरूमा कार्य विभाजन गरी लाग्ने निर्णय समेत गरेको छ ।


सम्बन्धित समाचार