Logo

२५ फागुन,वीरगञ्ज । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा व्यावस्था सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा आज बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी णेश अर्यालको अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकाय र स्वतन्त्र विधार्थी युनियन निर्वाचनका पदाधिकारीको उपस्थितिमा निर्वाचनको सुरक्षा व्यवस्था समबन्धि विषयहरुमा सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले सात बुँदे निर्णय गरेको छ ।

बैठकले निर्वाचनको सबै चरणमा त्रिभुवन विश्वाविद्यालयबाट जारी गरिएको निर्वाचन सम्बन्धी निर्देशिका सबै सरोकारवाला पक्षहरुले अक्षरस पालना गर्ने, त्रिभुवन विश्वविद्यालयले आवश्यक पदाधिकारी तथा निर्वाचन आयुक्त तोकिई सकेपछि निर्वाचनलाई प्रभावित तुल्याउने कुनै क्रियाकलापहरु कुनै पनि पक्षले नगर्ने नगराउने निर्णय भएको छ ।

त्यस्तै विद्यार्थीको परिचयपत्र सम्बन्धित विद्यार्थीलाई मात्र वितरण गर्ने, निर्वाचनलाई पारदर्शी, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा सूचनाको आदानप्रदान गर्ने र सुरक्षा निकायले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको छ ।

उम्मेदवारको दावी विरोधसँग सम्बन्धित सबै विषयहरु पारदर्शी रुपमा समाधान गर्ने, क्याम्पस व्यवस्थापन र कर्मचारीहरुलाई निर्वाचन प्रकृयाबाट पूर्णतः अलग गर्ने, कर्मचारीबाट हुने प्रचारप्रसार÷परिचयपत्र लिने तथा निर्वाचनलाई प्रभावित पार्ने कार्यलाई दण्डित गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रकृयामा कुनै विवाद भएमा लिखित रुपमा मान्युट उठाई समस्या समाधान गर्ने, गलत गर्ने माथि निर्वैयक्तिक रुपमा कानून बमोजिम कारवाही गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

 


सम्बन्धित समाचार