Logo

२६ फागुन,बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिका–४, खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्रयाक्टर चालक पदमबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगंगा नगरपालिकातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्रयाक्टर गए राति ओरालो सडकमा दुर्घटना भएको बझाङका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनका अनुसार, ट्रयाक्टरमा सवार अरू चारजनामध्ये चालक रावतका छोरा सञ्जयलाई सामान्य चोट लागेको छ । स्थानीय स्वास्थ्यचौकीमा घाइते बालकको उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अरू तीनजना सकुशल छन् । ट्रयाक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको छ । पछाडिको भाग ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

 


सम्बन्धित समाचार