Logo

२६ फागुन,काठमाडौँ। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि जिल्ला–जिल्लामा प्रश्न पत्र पुगेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौँमा मात्र बाँकी छ। प्रश्न पत्र छपाईको काम सकेर जिल्ला जिल्लामा गइसकेको छ ।

मधेश र बागमतीको केही जिल्लामा आज गएको छ र अरु ठाउँमा पुगिसकेको बताइएको छ ।

एसइईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसइईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् ।

परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार