Logo

२६ फागुन,पर्सागढि । डिबिजन बन कार्यालय पर्साको आयोजनामा सबैया सब डिबिजन बन कार्यालय स्तरिय योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा न ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादबको अध्यक्षतामा सब डिबिजन बनकार्यालय सबैयाको सभाहलमा भएको तर्जुमा गोष्ठीमा बिरुवा रोपेर गोष्ठीको सुरुवात गरिएको थियो । सब डिबिजन बन कार्यालय सबैयाका बन अधिकृत जवाहरलाल कुर्मी ले आर्थिक बर्ष २०८२÷०८३ को सबैया सब डिबिजन बन कार्यालयको प्रस्तावित कार्यक्रम हरु सार्बजनिक गर्दै छलफल गरेका थिए ।

प्रस्तावित कार्ययोजनामा बिरुवा उत्पादन, नर्सरी मर्मत सुधार, वन अतिक्रमण हटाएर वृक्षारोपण, फलफूलका बिरुवा वितरण, पोखरी निर्माण, सडक किनारमा वृक्षारोपण, र गोठ सुधार लगायतका योजनाहरू छन्। वन अधिकृत कुर्मीले यी योजना कार्यान्वयन गर्न सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए।

गोष्ठीमा श्रीजंग गण सुरक्षा सेमु बेलवाका सहायक सेनानी पदम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेस सोलखपुरका सहायक प्रहरी नायब निरीक्षक हरि नारायण बस्नेत, बडनिहार प्रहरी चौकीका ईन्चार्ज कृष्ण राई, मिलनचौक प्रहरी चौकीका ईन्चार्ज संतोष भण्डारी, सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर भुपाल रोकाय लगायत स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, र स्थानीय बासिन्दाहरुको सहभागिता थियो।

 


सम्बन्धित समाचार