Logo

२६ फागुन,काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गराउन दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

सोमबार काठमाडौंको धुम्बाराहीस्थित शिक्षक संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महासंघका नेताहरूले शिक्षासँग जोडिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएकाले भोलिदेखि आन्दोलन राख्नुपरेको बताएका हुन् ।

उनीहरूले शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने माग दोहो¥याएका छन् । महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।

कार्यक्रममा शिक्षक संघका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले सरकार शिक्षाको गुणस्तर सुधार गर्न प्रतिवद्ध नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

आन्दोलन अन्तर्गत भोलिदेखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने, त्यसपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन कार्यक्रम सार्वजनिक गरिएका छन् ।


सम्बन्धित समाचार