
२७ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको अविवेक र अर्कर्मन्यताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुन थालेको बताएका छन् ।
संसद बैठकमा आज सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
प्रचण्डले भने, ‘सारा उपलब्धीलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ ।
८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’