
२७ फागुन,वीरगञ्ज । नेकपा एमाले पर्साको क्षेत्र नम्बर ४ मा पाँचवटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । पर्साको क्षेत्र नम्बर ४ को ठोरी, जगरनाथपुर, छिपहरमाई, धोविनी र कालिकामाई गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो ।
पछिल्लो पटक अधिवेशन सम्पन्न भएको कालिकामाई गाउँपालिका अध्यक्षमा अनुप तिवारी निर्बरोध चयन हुनुभएको छ । धोबिनी गाउँपालिका अध्यक्षमा महम्द सदाम हुसेन मतदानबाट निर्वाचित हुनुभएको छ । त्यसैगरी ठोरी गाउँपालिकाको अध्यक्षमा खगेन्द्र श्रेष्ठ निर्वाचन प्रकृयाबाट अध्यक्ष निर्वाचित हुनुभएको छ ।
जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा हिरा साह गोढ निर्बरोध चयन हुनुभएको छ । क्षेत्र नम्बर ४ मा ६ वटा गाउँपालिका रहेकोमा अहिले सम्म पाँच वटा गाउँपालिकामा अधिबेशन सम्पन्न भईसकेको नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले बताए । एउटा जीराभवानी गाउँपालिकामा मात्रै पालिका अधिवेशन हुन बाँकी छ ।
जीरा भवानी गाउँपालिकामा पार्टी सदस्यता सम्बन्धी विवाद रहेकोले अहिले पालिका अधिवेशन हुन बाँकी रहेको हो । पार्टीको संगठन विभागले प्रमाणीकरण गरेर पठाएको सदस्य कम भएपछि सदस्यता विवाद भएको हो । संगठन विभागले तीनसय भन्दा बढी प्रमाणीकरण गरेर पठाएको तर, पार्टी सदस्यता चारसयले रसिद काटेको बताईएको छ ।
सदस्यता रसिद काटेर शुल्क सहित पठाउँदा समेत सदस्यता समावेश भएर नआएका कारण अधिवेशन रोकिएको हो । फागुन मसान्तसम्म सदस्यता नविकरण र प्रमाणीकरण गरेर सदस्यता विवरण ल्याई अधिवेशन गर्ने सहमति भएको चैतमा अधिवेशन गर्ने तयारी भएको केन्द्रीय सदस्य तथा क्षेत्रीय इञ्चार्ज अरविन्द सिंहले बताए ।