Logo

२७ फागुन,काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दिएको अभिव्यक्तिको खण्डन गर्दै आरोप(प्रत्यारोप छाडेर राष्ट्रिय हितमा एकजुट हुन आह्वान गरेका छन्।

प्रतिनिधिसभामा मंगलबार बोल्दै विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे।

विष्टले सुशासन प्राप्तिका लागि गरेका प्रयास, अनि सुधारका योजनाले सबैको साथ पाउनुपर्ने बताए । उनले कानुनी संरचना निर्माण र कार्यान्वयनका लागि जनशक्ति निर्माण गर्न बजेटमार्फत् आशा जगाउन आवश्यक रहेको बताए ।

विष्टले लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र भएको बताउँदै राष्ट्र र जनताको हितलाई केन्द्रभागमा राखेर अघि बढ्न आग्रह गरे ।


सम्बन्धित समाचार