
२८ फागुन, काठमाडौँ । युगाण्डामा जारी वुमन्स डे कप अन्तराष्ट्रिय महिला क्रिकेट श्रृंखलामा आज नेपाल र नामिबिया भिड्नेछन् । खेल नेपाली समय अनुसार दिउसो सवा १२ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियासँग हारेको नेपाल आजको खेल जित्दै बदला लिन चाहन्छ । उता नामिबिया पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउने सुरमा रहेको छ ।
चार देश सहभागी श्रृंखलामा नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमा नेपालले एक जित र दुई बराबरी बेहोरेको छ ।
पहिलो चरणमा युगाण्डालाई हराएको नेपालले नामिबिया र हङकङसँगको खेल गुमाएको छ ।
श्रृंखलामा सहभागी चारवटै टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई स्थानमा टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।