Logo

२८ फागुन, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो स्तरका नेताहरूसहित आज रूपन्देही जाँदैछन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रूपन्देही आउन लागेका हुन् । प्रचण्ड सहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन् ।

प्रचण्डले दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरोको जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने र दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले पनि सम्बोधन गर्ने छन् ।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित सैनामैना गोल्डकपका विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गर्न पुग्ने छन् ।

प्रचण्ड आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।


सम्बन्धित समाचार