Logo

२८ फागुन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा आज बिदा छ । गाउँपालिकाको कार्यालयले आज विहान एक सूचना जारी गर्दै पालिकामा शोक बिदा दिएको बारे जानकारी दिएको हो ।

वडा नम्बर १ फुलबारी टोलमा रहेको श्री रेडक्रस आधारभुत विद्यालयमा कार्यरत शिक्षक शम्भु प्रसाद चौरसियाको मंगलबार असामयिक निधन भएको छ । उनको निधनले गाउँपालिका नै स्तब्ध रहेको पालिकाका अध्यक्ष बशिष्ट कुमारले बताए ।

पालिकाको कार्यलयले चौरिसियाको दिवंगत आत्माले शान्ति पाओस् र बैकुण्ठमा वास होस् भन्ने कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

उनको शोकमा डुबेको पालिकाले आज अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु बन्द रहेने जानकारी गराएको छ । पालिका अन्तर्गतका सबै कार्यलय तथा शैक्षिकसंस्थामा आज विदा छ ।


सम्बन्धित समाचार