Logo

२८ फागुन,काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेस नेताले काठमाडौंको तारकेश्वरमासार्वजनिक जग्गा कब्जा गरेको आरोप लगाएपछि संसद्मा हंगामा भएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले तारकेश्वरको जग्गा कांग्रेस नेताले कब्जामा लिएको आरोप लगाएकी थिइन् ।

त्यसपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए । उनीहरूले जग्गा कब्जा गर्ने व्यक्तिको नाम किटान गर्न र पार्टीको बदनाम गर्न नपाइने भन्दै श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसदहरूले बोलेको विषयमा जवाफदेही हुनुपर्ने बताए । ‘सांसदहरूले बोल्दा प्रमाणित हुनेगरी राख्नु पर्छ । लान्छना, झुटो कुरा गरेर भ्रम सृजना गर्न पाइँदैन भन्ने कुरा माननीयहरूले राख्नुभएको छ । आफू जिम्मेवारी हुनेगरी बोल्नुस्’ सभामुख घिमिरेले भने ।

त्यसपछि कांग्रेस सचेतक सुशीला थिङले जे पनि बोल्न नपाइने बताइन् । त्यसअघि रास्वपा सांसद शिशिर खनालले पनि कांग्रेस सांसदले सरकारी जग्गा कब्जा गरेको बताएका थिए । लगत्तै कांग्रेसका राजेन्द्र बज्गाइले नियमापत्ति गर्न खोजेका थिए ।

खनालले व्यक्ति किटान नगरेको भन्दै नियमापत्ति नलाग्ने बताएका थिए । मनमैजुको लोकतान्त्रिक चोकको जग्गा कब्जा गरिएको भनेर आरोप लगाए पनि कांग्रेसको को नेताले जग्गा कब्जा गरेको भनेर बताएका थिएनन् ।


सम्बन्धित समाचार