Logo

२८फागुन,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४९ औं साधारणसभा आज हुदैछ । साधारणसभाले संघको हालसम्मको गतिविधि र उपलब्धी सहितको प्रतिवेन पेश गर्नुका साथै यहि साधारणसभाबाट नयाँ नेतृत्व पनि चयन हुनेछ ।

४९ औ साधारणसभाको प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का सांसद तथा संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उदघाटन गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ को प्रदेशसभा १ सांसद श्याम पटेल, एमाले सांसद विना शर्मा, संविधानसभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश शर्मा,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको आतिथ्यता रहेको छ ।

निजी क्षेत्रको छाता संगठनको रुपमा स्थापित वीरगन्ज उद्योग वाणिज्य संघले यस क्षेत्रका उद्योग, व्यापार, व्यावसायको प्रवद्र्धन तथा व्यावसायीहरुको हकहितको लागि काम गर्दै आएको छ ।

आजको साधारणसभासँगै अनिल कुमार अग्रवालको तीन बर्षे कार्यकाल सकिने र नयाँ नेतृत्व चयन हुनेछ । सहमति भएमा संघको हालका बरिष्ठ उपाध्यक्ष हरि गौतम वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा स्वतः चयन हुनेछन् ।


सम्बन्धित समाचार