
२८ फागुन,काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्ष २०८२÷८३ को वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाको वार्षिक क्यालेन्डर आयोगले सार्वजनिक गरेको हो।
सार्वजनिक क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षाका लागि आयोगले २०८२ साउनको दोस्रो साता आवेदन खोल्नेछ। असोजको पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेछ।
त्यस्तै, स्नातकोत्तर तह (पीजी) को एकीकृत परीक्षाका लागि २०८२ मंसिरको पहिलो साता फारम खुल्नेछ र माघको दोस्रो साता प्रवेश परीक्षा हुनेछ। २०८३ वैशाखको पहिलो साता पीजीको कक्षा प्रारम्भ हुनेछ।
डिएम, एमसिएच एवम् सवस्पेसियालिटीका लागि असारको दोस्रो साता आवेदन खुल्ने, साउनको दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिकको पहिलो साता कक्षा प्रारम्भ हुने क्यालेन्डरमा उल्लेख गरिएको छ।
आयोगले समयमै क्यालेन्डर सार्वजनिक गरेपछि विद्यार्थीहरुलाई तयारी गर्न सहज हुने अपेक्षा गरिएको छ।