
२९ फागुन,वीरगञ्ज । बारा प्रहरीले १३ किलो लागू औषध गाँजा सहित एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ बस्ने अन्दाजी ५० की सुशिला गोले रहेकी छिन् । उनको साथबाट २ पोकामा रहेको १३ किलो गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा हेटौडाबाट वीरगंजतर्फ आउदै गरेको ना ४ ख ६०६१ नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकेर चेकजाँच माईक्रोमा सवार गोलेको साथमा रहेको २ वटा बोरा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नमबर–३ बजनी वीररगंज पथलैया सडकको अस्थाई प्रहरी पोष्ट, रामबन बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेकी उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै बारा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा हाजिर गराएको छ । बारा जिल्ला अदालत कलैयाबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका दुईजनालाई पक्राउ गरी अदालतमा हाजिर गराएको हो । प्रहरीले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका कलैया उपमहानगरपालिका–१६ का राघव प्रसाद कानुलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।
त्यस्तै मोटरसाइकल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना फैसला भएपनि वेवास्ता गरेर फरार रहेका कलैया उपमहानगरपालिका–२१ का नरेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।