
२९ फागुन,कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा बुधबार राति एक १७ वर्षीय किशोरको हत्या भएको छ। तिलागुफा नगरपालिका–७ छाप्रेका राजेश शाहीको हत्या भएको हो।
हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको स्थानमा युवाहरुबीच झगडा हुँदा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। झगडामा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्।
घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सबै १८ वर्षमुनिका रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।