Logo

तस्वीर : शिवनाथ यादव

१ चैत, वीरगञ्ज । बीच होली पर्वले आज वीरगन्जको सडकमा सवारी साधन सुनसान देखिएको छ । बिहानैदेखि मासु किन्नेहरुको मासु पसलमा व्यापक भीड देखिएको थियो ।

अहिले सबैजना घर घरमा पुगेर मासु लगायतका विभिन्न परिकार खादै परिवार, आफन्त, इष्टमित्र र साथीभाईहरुसँग रंग अविर लगाएर एकअर्कासँग शुभकामना आदानप्रदान गरी मनाईरहेका छन् । सडकमा रंग लगाएर होली खेल्ने हरु बाहेक सटर पसलहरु पनि बन्द रहेका छन् ।

सवारी साधन नचल्दा सडक सुनसान देखिएको छ । मधेसमा विशेष महत्वका साथ मनाईने होलीमा सबैजना घरमै परिवार, आफन्त र साथीभाईहरुसँग होली खेल्ने भएकोले सवारी साधनहरु नचल्दा सडक सुनसान देखिएको हो ।

होलीमा अवाञ्छित गतिविधि हुन नदिनका लागि पर्सा प्रहरीले चोक चोकमा प्रहरी तैनाथ गरेको छ । कुनैपनि गलत गतिविधि नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

विशेष होला अहिले शुरु भएकोले अहिलेसम्म कुनै पनि नराम्रो घटनाहरु जानकारीमा नआएको र साँझसम्म पनि शान्तिपूर्ण नै होली सम्पन्न हुने विश्वास लिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले बताए ।


सम्बन्धित समाचार