Logo

२ चैत,पर्सागढी । दक्षिण भारत तामिलनाडु राज्यका तोतात्री गदि मठाईश्वर जगतगुरु श्री मधुरकबी वानमामलै रामनुज जियर स्वामी जि महाराजलाई आज पर्सागढीमा स्वागत तथा अभिनन्दन गरिएको छ । पर्सागढी नगरपालिका वडा न ३ स्थित बैष्णव समाज औरैयाको आयोजनामा मधुरकवी वानमामलै रामनुज जियर स्वामिजी महाराजको भब्य स्वागत तथा अभिनन्दन कार्यक्रम भएको हो ।

उहाँलाई बडनिहार बजारबाट रथमा चढाई बाजागाजा सहित गाउँ परिक्रमा गराई औरैया गाउँमा अभिनन्दन पश्चात जगत गुरुले भक्तजनहरुलाई आर्शिर्वाद दिनुभएको थियो । जगत गुरु रामनुज जियर स्वामी जी महाराज काठमाडौको घट्टेकुलो स्थित एक बैष्ण मन्दिरको पाँच दिनको प्राण प्रतिस्ठा पुजा सकेर चितवन हुदै हेटौडाको वैष्णव मन्दिरहरुको दर्शन गरी आज पर्सागढी आईपुग्नुभएको हो ।

उहाँ आजै पर्सागढीबाट बाराको निजगढ हुँदै जनकपुरको कार्यक्रममा सहभागी हुन जानुहुने बताईएको छ । पर्सागढीको कार्यक्रममा कानून न्याय तथा संसदीय मन्त्री अजय चौरसिया, प्रदेससभा सदस्य श्याम पटेल, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, पूर्व मेयर लोकनारायण यादव, बहदुरमाई नगरपालिकाका पूर्व मयेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाकी पूर्व उपमेयर अर्चना चौधरी लगायत पर्सागढीका स्थानियहरुको सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार