
३ चैत्र, काठमाडौँ । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोशी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ ।
महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो ।
घर ठेगानामा पत्राचार गर्दा समेत सरकारी बाँकी रकम बुझाउन नआएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको महालेखाले जनाएको छ ।