Logo

३ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

यसैगरी, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पनि राष्ट्रपतिले प्रमाणीकरण गरेका प्रवक्ता भट्टराईले बताइन् ।


सम्बन्धित समाचार