Logo

३ चैत,वीरगञ्ज । कलैयाको प्रादेशिक अस्पतालमा कार्यरत १४ जना करार चिकित्सकहरु चार महिनादेखि तलब नपाउँदा आन्दोलित भएका छन्। उनीहरुले ’पेन डाउन’ गरी आन्दोलन थालेका छन्। होली पर्वमा काम गर्दा पनि तलब नपाएको उनीहरुको गुनासो छ।

अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल, नर्सिङ र फार्मेसी अधिकृतहरुले समयमै तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या भएको बताएका छन्। उनीहरुले हरेक महिनाको अन्त्यमा तलब पाउनुपर्ने माग राखेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले चिकित्सकहरुको माग तत्काल सम्बोधन नभए अस्पतालको सम्पूर्ण सेवा ठप्प हुने चेतावनी दिएका छन्। अस्पताल विकास समितिसँग पनि पैसा नहुँदा समस्या भएको उनले बताए। चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरिएको उनको गुनासो छ।


सम्बन्धित समाचार