Logo

४ चैत,जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा शनिबार राति लुटपाट भएको छ। जीप चढेर आएका लुटेराहरूको समूहले पसलबाट २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क लुटेर लगेको पसल सञ्चालक अरुणकुमार साहले जानकारी दिएका छन्।

स्थानीयका अनुसार, राति करिब १० बजे ५ जनाको समूहमा आएका लुटेराहरूले पसलमा प्रवेश गरी लुटपाट गरेका थिए। उनीहरू बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको छ।

घटनापछि स्थानीय व्यापारीहरूले सुरक्षा व्यवस्थामा प्रश्न उठाउँदै बजार बन्द गरेका छन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन्। व्यापारीहरूले प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ताका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ र लुटेराहरूको खोजी कार्य तीव्र पारिएको छ।


सम्बन्धित समाचार