Logo

४ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले यौन व्यवसायलाई अनुमति दिने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रतिनिधिसभा बैठकमा बोल्दै पर्यटन प्रवद्र्धनका नाममा वेश्यालय सञ्चालन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन्।

उनले सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले भने, “देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन?”

सिंहले नेपाल देवभूमि भएको भन्दै यस्ता व्यवसाय सञ्चालनका लागि नै गणतन्त्र ल्याएको हो भनी प्रश्न गरे।

यस विषयमा संसदमा बहस सुरु भएको छ।


सम्बन्धित समाचार