Logo

४ चैत,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी हुलाकी सडक केन्द्रिीत तराई मधेस जागरण अभियान बारा र पर्सामा ७ गते र आठ गते हुने भएको छ ।

पार्टीका मधेश प्रदेश इंचार्ज मातृका यादवको विशेष उपस्थितिमा पर्सा जिल्ला इंचार्ज बिजय महतोको अध्यक्षतामा तथा आज वीरगञ्जमा बसेको बैठकले अभियानलाई सफल पार्न सबै तहका पार्टी नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय सदस्य, पूर्व प्रदेश कमिटि सदस्य, जिल्ला, पालिका कमिटि र जनवर्गीय संगठनका नेता हरूको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले चैत्र ५ गते भोली हुने स्वन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरुलाई जिताउन सबै पार्टीपंक्तिका नेता कार्यकर्ताहरु र विद्यार्थी संगठन लाग्ने निर्णय गरेको छ । त्यस्तै चैत्र ७ र ८ गते जनतासँग माओवादीको जागरण अभियान सफल बनाउनका लागि पार्टीका सबै तहका कमिटि र जनवर्गीय संगठनहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्न निर्देशन गरिएको छ ।

त्यस्तै चैत १५ गते काठमाडौंमा हुने गणतन्त्रवादीहरुको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।

अहिले पार्टी मुख्यगरी सरकारको गलत कार्यशैली विरुद्ध र गणतन्त्र विरोधीसँग पनि लड्नका लागि आम नागरिकहरुको पनि साथ आवश्यक रहेकोले पार्टीपंक्तिलाई एक ढिक्का भएर कार्यक्रमलाई सफल पार्न आग्रह गरेको पर्सा इञ्चार्ज विजय महतोले बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबाबु बैठा, नेताहरु छोटेलाल यादव, रामदरश कुश्वाह, सुरेन्द्र गुप्ता, सबा अन्सारी, राजु बैठा, अमिताभबच्चन दास, बालकृष्ण श्रेष्ठ, बलिराम साह, दुर्गा क्षेत्री, बाबुराम कौशिक, मोहम्मद कदम रसुल, विदुर गुप्ता, सोमबहादुर लामा, अष्ट बहादुर लोप्चन, प्रभाकर गुप्ता लगायत पालिका कमिटि, विभिन्न जनवर्गी संगठनका नेताहरु गरी ५९ जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार