
४ चैत,वीरगञ्ज । महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ मधेस प्रदेश समितिका अनुसार चैत्र ३ गते आइतबार महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित निवासमा रहेका पत्रकार रामलाई यादवसहित उनका परिवारजनले नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरेका थिए।
‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराधको हो’ महासंघले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो हर्कतमा संलग्नलाई तत्काल कानुनी दायारा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कुटपिटबाट घाइते भएका पत्रकार रामको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।