
५ चैत,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते एक लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।